मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १५ सोमबार
  • Monday, 02 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार १५:१०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, ५३ अंकले बढ्यो नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार १५:१०:००

अर्थ मन्त्रालयले सेयर कारोबारमा लाग्ने करको विषयमा स्पष्ट पारेपछि सेयर बजारमा हरियाली छाएको छ। 

आज बिहान ब्रोकर कम्पनीमा लगानीकर्ताको तालाबन्दीले  कारोबार हुन सकेको थिएन। कारोबार सुरु भएसँगै आज दिनभरजसो सेयर बजारमा उत्साह देखिएको छ।

१८ सय विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ। आज दुई सय ७० कम्पनीका ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ६३ लाखबराबरको बारोबार भएको छ। 

कारोबार रोकिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्तालाई मन्त्रालय बोलाएर करबारे स्पष्ट पारेपछि उनीहरूको आन्दोलन स्थगित भएको थियो। 

अर्थ मन्त्रालयले पुँजीगत लाभकरको विषयमा साबिककै कानुनी व्यवस्था कायम रहेको सूचना सार्वजनिक गरेसँगै सेयर बजारको कारोबार सुरु भएको थियो। बजार सुरु भएसँगै आज दिनभर कारोबारमा उत्साह देखियो।