मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Friday, 14 August, 2026
२o८o जेठ २१ आइतबार १२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा वरिष्ठ हवल्दार मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १२:o६:oo

ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। 

सिरिजंघा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षका दीपक शाह शंकर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। 

सिदिङ्वा गाउँपालिका– ६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने स्थानमा त्रियुगा नगरपालिका बस्ने उनी मृत अवस्थामा फेला परेको सूचना अधिकारी तथा प्र.नि.कार्कीले बताए। 

अघिल्लो दिन अबेरसम्म बैठक भएपछि त्यस दिन फर्कन नसकी भोलिपल्ट कार्यालयतर्फ आउने क्रममा बाघथला भन्ने स्थानमा उनी मृत भेटिएको जिल्ला सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुशराम कार्कीले बताए। 

कार्कीका अनुसार मृतकलाई  छारेरोगको समस्या थियो। शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।