मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिएनएन
२०८० जेठ २१ आइतबार ०८:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी उपभोक्ताका लागि पीडादायी अर्थतन्त्र 

Read Time : > 2 मिनेट
सिएनएन
२०८० जेठ २१ आइतबार ०८:४५:००

अमेरिकी केन्द्रीय बैंकका अर्थशास्त्रीहरू अहिलेको बैंकिङ संकटले यस वर्ष अमेरिकालाई थप मन्दीतिर लैजान सक्ने बताउँछन् 

अमेरिकी अर्थतन्त्र उपभोक्तामा निर्भर छ । आमउपभोक्ताले पैसा खर्च गर्दा कम्पनीले कर्मचारी पाल्न सक्छ । कर्मचारीले पनि खर्च गर्न सक्छन् । अहिले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको करिब ७० प्रतिशत उपभोक्ता खर्च छ, जुन अर्थतन्त्रको ठूलो उपाय हो । यसकारण खर्च बढ्दा मन्दी हुने सम्भावना कम हुन्छ । 

अर्थशास्त्रीको आकलनअनुसार फेब्रुअरीको तुलनामा मार्चमा खुद्रा बिक्रीमा ०.४ प्रतिशतले गिरावट आयो । तर, गोल्डमेन स्यास र बैंक अफ अमेरिकाका विश्लेषकले भने मुख्य बिक्री हुने ग्यासोलिन, निर्माणजन्य सामग्री र अटोबाहेक एक प्रतिशतले सुस्ती देखियो । यस्तै, फेब्रुअरी महिनामा पनि जनवरीको भन्दा ०.४ प्रतिशतले गिरावट आयो । उता, केन्द्रीय बैंकका अर्थशास्त्रीले अहिलेको बैंकिङ संकटले यो वर्ष अमेरिकालाई थप मन्दीतिर लैजान सक्ने बताउँछन् । 

बैंक अफ अमेरिकाको क्रेडिट कार्डबाट खर्च कम भइरहेको देखिन्छ । वर्षको सुरुवात केही राम्रो भए पनि मार्चमा क्रेडिट र डेबिट कार्डको खर्चमा ०.१ प्रतिशतको वार्षिक वृद्ध भयो । फेब्रुअरी २०२१ पछि यो सर्वाधिक सुस्त गति हो । 

कर लागूको समस्या : अमेरिकी उपभोक्ताको अवस्था अझै पनि अपेक्षाकृत बलियो रहेको बोफाका विश्लेषकको ठहर छ । यद्यपि, बैंकिङ सेक्टरमा परेको दबाबले न्यून कर्जा र सुस्त खर्चलाई बढावा दिन्छ भन्ने डर भए पनि कुनै सम्भावित कमीको क्षेत्रीय बैंकिङ संकटसँग कुनै लेनदेन नरहेको विश्लेषक बताउँछन् । बरु यसको सट्टा मार्चको कमजोर तथ्यांकलाई कर फिर्ताको कमीसम्म सीमित गरिदिन्छन् । 

अमेरिकी बैंक खाता बलियो हुँदाहुँदै पनि अहिले घट्न थालेका छन् । यो सरकारको विषय हो । सन् २०२२ को चौथो त्रैमाससम्म उपभोक्ताले कुल ३९८ अर्ब डलर कर्जा लिए, जुन एक वर्षअघिको तुलनामा झन्डै ४.५ गुणा बढी हो । 

मार्चमा अमेरिकी केन्द्रीय बैंकलाई आन्तरिक राजस्व सेवाले ट्याक्स रिफन्डमा मन्दीले व्ययशक्ति खुम्च्याएको रिपोर्ट बुझाएको थियो । आन्तरिक राजस्वले यो मार्चमा ट्याक्स रिफन्डका लागि ८४ अर्ब डलर जारी ग¥यो, जुन सन् २०२२ मा जारी गरेको भन्दा २५ अर्ब डलर कम हो । यो बोफाका विश्लेषकका अनुसार खुद आय मासिक १.५ प्रतिशत छ । अमेरिकी बैंक खाता बलियो हुँदाहुँदै पनि अहिले घट्न थालेको छ । यो सरकारको विषय हो । सन् २०२२ को चौथो त्रैमाससम्म उपभोक्ताले कुल ३९८ अर्ब डलर कर्जा लिए, जुन एक वर्षअघिको तुलनामा झन्डै ४.५ गुणा बढी हो । 

त्यसो त अमेरिकामा बैंक डुब्ने, टाट पल्टिने पनि धेरै भएको छ । एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको तथ्यांकअनुसार अमेरिकी कर्पोरेट असफलता १२ वर्षकै उच्च सन् २०२३ को दुई महिनामै पुग्यो । यसमध्ये १८३ कम्पनी फाइलिङ भएका छन् । क्रेडिट रेटिङ एजेन्सीका अुनसार बेड, बाथ एन्ड बियोन्ड, राइट एड, जोन फेब्रिक र अन्य चेन कम्पनी दिवालिया हुने सन्दर्भमा छन् । वर्षौंदेखि संघर्ष गरिरहेका यी कम्पनी चुनौतीपूर्ण आर्थिक परिस्थितिका लागि सबभन्दा कमजोर साबित भएका छन् । 

जारी एआई युद्ध : ठूला टेक कम्पनीले प्रतिस्पर्धामा अगाडि रहन आर्टिफिसिअल इन्टेलिजेन्स (एआई)मा दिनप्रतिदिन लगानीको मात्रा बढाइरहेका छन् । केही समयअघि अमेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एन्डी जेसीले सेयरसदस्यलाई पत्र लेख्दै कम्पनीले च्याटजिपिटीजस्ता च्याटबट कम गर्न ठूलो लगानी गर्ने बताएका थिए । ‘हामी केही समयदेखि आफ्नो भाषामाथि काम गरिरहेका छौँ । विश्वास छ, यसले प्रत्येक ग्राहकको अनुभवलाई परिवर्तन गर्नेछ,’ सेयरसदस्यलाई लेखेको पत्रमा भनिएको छ, ‘यस्तै, हाम्रा उपभोक्ता, विक्रेता, ब्रान्ड र निर्माताका लागि यो मोडेलमा पर्याप्त लगानी जारी राख्नेछ ।’

सन् २०२२ को नोभेम्बरमा च्याटजिपिटी सार्वजनिक भएदेखि गुगल, फेसबुकको प्यारेन्ट कम्पनी मेटा र माइक्रोसफ्टले एआई टेक्नोलोजीमा आफ्नो ध्यान बढिरहेको विषयमा संवाद गरेका थिए । उनीहरूको निष्कर्ष थियो, एआईले प्रयोगकर्ताको संकेतको जवाफमा सम्मोहक व्याख्या, कथा र दृश्य बनाउन सक्छ । हाल भएको पनि त्यस्तै छ । 

सिइओ जेसीका अनुसार अमेजनको लक्ष्य भनेको कम खर्चिलो यान्त्रिक सिकाइ (मेसिन लर्निङ) प्रस्तुत गर्नु हो । कारण, कम्पनी आफैँले आफ्नो एआईलाई प्रशिक्षित गरी चलाउन सकोस् । 

‘धेरैजसो कम्पनी यो ठूलो भाषा (अंंग्रेजी) मोडेल उपयोग गर्न चाहन्छन्,’ सिइओ जेसी भन्छन्, ‘तर, राम्रा मान्छेलाई प्रशिक्षित गर्न अर्बौं डलर खर्च हुन्छ । थुप्रै वर्ष लाग्छ । र, धेरैजसो कम्पनी यस्तो झन्झट बेहोर्न चाहँदैनन् ।’

महँगो म्यानहटन : अमेरिकामा आवासीय भाडा कम हुँदै गएको छ । तर, न्युयोर्क सहरमा भने होइन । म्यानहटनमा एउटा अपार्टमेन्ट भाडामा लिन औसत लागत मार्च महिनामा चार हजार १७५ डलर थियो । यो एक वर्षअघिको तुलनामा १२ प्रतिशत र फेब्रुअरीको तुलनामा दुई प्रतिशतले बढेको तथ्यांक छ । 

एउटा बेडरुमसहितको अपार्टमेन्टको औसत भाडादर चार हजार १५० थियो, जुन गत वर्षको तुलनामा १८.३ प्रतिशतले बढी थियो । यस्तै, एउटा स्टुडियो अपार्टमेन्टको मूल्य करिब तीन हजार १९० थियो, जुन गत वर्षभन्दा १६ प्रतिशतले बढी हो । 

यसको अर्थ हो, म्यानहटनमा औसत दुई बेडरुमको भाडा ६८ हजार प्रतिवर्ष छ । सन् २०२२ मा राष्ट्रिय औसत कमाइ ६० हजार हाराहारी थियो । समग्रमा भन्नुपर्दा म्यानहटनमा भाडामा बस्नेका लागि एक वर्षअघिको तुलनामा भाडा दोब्बर महँगो भएको छ । यसले घर किन्ने सपनालाई असम्भवजस्तै बनाएको छ । साथै, मार्चमा भएको बैंक असफलताले पनि अनिश्चित अवस्था सिर्जना गरेको छ ।