
बजेटपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेसँगै सुनको मूल्य अहिलेसम्मको धेरै पुगेको हो । बिहीबारको तुलनामा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ । बिहीबार सुनको मूल्य बढेर एक लाख १२ हजार पाँच सय पुगेको थियो । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको हो ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य आठ सय रुपैयाँले बढेर एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ । यसरी एक हप्तामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले भने, ‘अहिले मूल्य बढ्नुको मुख्य कारण भन्सार दर नै हो । त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा देखिएको रुस र युक्रेनबीच द्वन्द्व, अन्तर्राष्ट्रिय बजारमा डलरमा आएको उत्तारचढावलगायत कारण पनि छन् ।’
त्यस्तै, चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार चार सय ३५ रुपैयाँ पुगेको छ ।