मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १५ सोमबार
  • Monday, 02 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १८ बिहीबार १५:४०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा सामान्य करेक्सन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १८ बिहीबार १५:४०:००

आगामी आर्थिक वर्षको बजेट आएसँगै दुई लगातार उच्च अंकले ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। सेयर बजार परिसूचक नेप्से आज १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा उक्लिएको छ। 

आज सबै समूहको सेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको सेयर उच्च अंकले उकालो लागेको छ। आज २ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता सेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

यसदिन सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर सेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भएको छ भने सबैभन्दा धेरै बढ्नेमा जोशी हाइड्रो पावर र बिपिडब्ल्यू लघुवित्त छन्।