मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
२०८० जेठ १८ बिहीबार ०७:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोब्बर समयमा पनि पुल नबनेपछि  स्थानीयले कुटे सडकका हाकिम र ठेकेदार 

Read Time : > 1 मिनेट
२०८० जेठ १८ बिहीबार ०७:३३:००

तीन वर्षमा बनिसक्नुपर्ने पुल सात वर्षसम्म पनि अधुरै भएपछि स्थानीय रिले अनशनमा

तीन वर्षमा बनिसक्नुपर्ने मोटेरबल पुल सात वर्ष बितिसक्दा पनि अधुरै भएपछि रौतहटका स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह र ठेकेदार दयाराम साहलाई कुटपिट गरेका छन् । चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ भएपछि चार दिनदेखि पुलमै रिले अनशनमा बसेका स्थानीयले सडकका हाकिम र ठेकेदारमाथि हातपात गरेका हुन् ।

सडक डिभिजनका प्रमुख डिई साह, पप्पु–शिवशंकर जेभीका ठेकेदार दयाराम, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीसहितको टोली बुधबार अनशनस्थल पुगेको थियो । त्यही वेला आक्रोशित स्थानीयले दुईजनामाथि हातपात गरेको चन्द्रपुर नगरपालिका– ३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । हातपात हुन थालेपछि दुवैजना प्रहरीको सुरक्षा घेरामा रहेर हिँडेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी एकनारायण कोइरालाले हामीलाई जोगाएर ल्याएको बताए ।

सडकका प्रमुख साहले ठेकदारले ८० प्रतिशत काम गरिसकेको दाबी गरेर रकम लगे पनि फिल्डमा ६० प्रतिशत काम मात्र भएको बताएका थिए । तर, ८० प्रतिशतको पैसा दिन सक्ने, काम भने ६० प्रतिशत मात्र गराउने भन्दै स्थानीयले हातपात गरेको स्थानीया दीपक गौतमले बताए । यहाँ बुधबार महिलाको टोली मात्र अनशनमा बसेको थियो । 

पुलको ठेक्का रद्द गर्नुपर्ने माग राख्दै स्थानीयले आलोपालो मिलाएर चार दिनदेखि अनशन गरिरहेका छन् । स्थानीयले गोविन्दप्रसाद तिमल्सिनाको संयोजकत्वमा ‘चाँदी नदीको अलपत्र पुल निर्माणका लागि संघर्ष समिति’ पनि गठन गरेका छन् ।

०७६ मै बन्नुपर्ने पुलको तेस्रोपटकको म्याद पनि गुज्रिँदै 
०७६ भित्र निर्माण गरिसक्ने लक्ष्यसहित ०७४ मा पप्पु–शिवशंकर जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । ३१ असार ०७४ मा भएको सम्झौताअनुसार पुलको लागत २५ करोड ३६ लाख रहेको छ, जसअनुसार ३१ असार ०७६ मा पुल निर्माण भइसक्नुपर्थ्यो । 

यसबीचमा तीनपटक म्याद थप भएको छ । कोरोनाका कारण भन्दै १४ पुस ०७७ सम्म म्याद थप भएको थियो । तर, त्यसपछि ११ माघ ०७७ को निर्णयअनुसार १३ असार ०७८ सम्म म्याद थप भयो । पछिल्लोपटक थप भएको म्याद पनि असारमा सकिँदै छ ।

तर, अहिलेसम्म ६० प्रतिशत मात्र काम भएको छ । चार सय ६९ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहने भनिएको पुलमा ११ स्पाम हुने सम्झौतामा उल्लेख छ । पुल नहुँदा गत वर्ष गैँडाटार गाउँबाट चन्द्रनिगाहपुर आउँदै गरेका एक युवकलाई नदीले बगाएको थियो ।