2023-05-31-05-22-47.jpeg)
भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्साप्रति नेपालमा विरोध भएको छ।
गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त भवनमा अंकित नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समेटिएपछि नेपालमा विरोध भएको हो।
बुधबार संयुक्त विद्यार्थी संगठनले अखण्ड भारतको नक्साविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। भारतले यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो।