
चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यस्तो अनुमान गरिएको हो। यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको उनले बताए। गत वर्षको तुलनामा ५.९ प्रतिशतले कम हो।
चालू आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचनलगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो।