Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ १४ आइतबार ०९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
२०८० जेठ १४ आइतबार ०९:३८:००

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै छ । प्रदेश सरकाको नीति तथा कार्यक्रम प्रदेश सभाको दिउँसो २ बजे बस्ने बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।

आज ल्याइने सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने सरकारको तयारी छ । यसअघि गत बुधबार बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने जनाएको थियो ।

बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेस गरेका थिए ।