१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Friday, 09 May, 2025
एजेन्सी
२o८o जेठ १४ आइतबार o८:४३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल : उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार o८:४३:oo

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ उपाधिका लागि आज चेन्नई र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । १६औँ संस्करणको फाइनल खेल अहमदाबादमा हुनेछ । चारपटकको च्याम्पियन चेन्नई सुपर किंग्स र एकपटकको च्याम्पियन गुजरातबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने मानिन्छ । गुजरात तालिकाको शीर्ष स्थान र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा पुनः भेट पक्का गरेको हो । हार्दिक पान्ड्याको कप्तानीमा गुजरात पहिलो क्वालिफायरमा बेहोरको हारको बदला लिने योजनामा छ । चेन्नई अनुभवी खेलाडी महेन्द्रसिंह धोनीको अन्तिम आइपिएल सुन्दर बनाउन चाहन्छ । चारपटकको विजेता चेन्नई कीर्तिमानी रूपमा दशौँपटक अन्तिम दुईमा पुगेको हो । 

युवा ब्याटसम्यान शुभमन गिलले आइपिएलमा सर्वाधिक रन बनाएसँगै ओरेन्ज क्याप जित्ने पक्का भएको छ । उनले पछिल्ला चार खेलमा तीन शतक बनाएका छन् । गिलले १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित आठ सय ५१ रन बनाएका छन् । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंग्लोरका फाफ डु प्लेसिसले ८ अर्धशतकका साथ ७ सय ३० रन बनाए । १४ खेलमा ६ सय ३९ रनका साथ बेंग्लोरका विराट कोहली तेस्रो स्थानमा छन् । 

सर्वाधिक विकेट लिएर पर्पल क्याप अवार्ड जित्न तीन खेलाडीबीच प्रतिस्पर्धा चल्नेछ । गुजरात टाइटन्सका मोहम्मद सामी, रासिद खान र मोहित शर्माबीच नै कडा प्रतिपस्पर्धा हुनेछ । सामी १६ खेलमा २८ विकेट लिएर शीर्ष स्थानमा छन् । रासिद २७ विकेटका साथ दोस्रो र मोहित १३ खेलमा २४ विकेटका साथ तेस्रो स्थानमा छन् । 

रेकर्डले भरिएको आइपिएल
यसपटकको आइपिएल विगतको भन्दा फरक भएको मानिन्छ । बलरदेखि ब्याट्सम्यानसम्म सबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । आइपिएलमा कैयौँ रेकर्ड बनेका छन् । कतिपय नयाँ रेकर्ड खेलाडीले आफ्नो नाममा राखे । आश्चर्यजनक रूपमा कोलकाता नाइट राइडर्सका रिंकु सिंह उदीयमान खेलाडीका रूपमा अगाडि बढे । यद्यपि, कोलकाता शीर्ष चारभित्र अटाएन । तर, रिंकुको प्रदर्शन आइपिएलभरि नै चर्चा भएको छ । लक्ष्य पछ्याएको इनिङ्समा रिंकु सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसैगरी, सर्वाधिक विजेता मुम्बईले आइपिएलमा कीर्तिमानी रूपमा एकै सिजनमा ६ पटक दुई सयभन्दा बढी स्कोर ग¥यो । एजेन्सीहरूको सहयोगमा मुम्बई र गुजरातबीचको खेलअगाडिसम्म आइपिएलमा बनेका रेकर्ड यस्ता छन् : 

- मुम्बईका आकाश माधवाल प्ले अफमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । उनले लखनउविरुद्धको इलिमेनेटर खेलमा पाँच रन खर्चंदै पाँच विकेट लिए । माधवालको उत्कृष्ट बलिङ स्पेलकै कारण मुम्बईले उत्कृष्ट फर्ममा रहेको लखनउलाई निराश पार्दैै गुजरातविरुद्धको दोस्रो प्ले अफ समीकरण तयार पारेको हो । यसअघि, सन् २००९ मा अनिल कुम्बलेले ५–५ को रेकर्ड राखेका थिए । चालू आइपिएलमा एकै इनिङ्समा पाँच विकेट लिने माधवाल तेस्रो बलर हुन् । मार्क उडले लखनउबाट प्रतिस्पर्धा गर्दै दिल्ली क्यापिल्टसविरुद्ध १४ रन खर्चेर पाँच विकेट लिए । सनराइजर्सका भुनवेश्वर कुमारले गुजरातविरुद्ध ३० रन खर्चेर पाँच विकेट हात पारे । 

- यसपटक अस्वाभाविक रूपमा ३५ पटक दुई सय रनभन्दा बढी योगफल बनेका छन् । यसमा पनि आठपटक लक्ष्य पछ्याएको इनिङ्समा दुई सय रनमाथि स्कोर भएको थियो । मुम्बईले रेकर्ड राखी चारपटक दुई सय रनको लक्ष्य पार ग¥यो । पन्जाब, कोलकाता, लखनउ र सनराइजर्सले समान एकपटक दुई सय रनमाथिको योगफल पछ्याए । कोलकाताले लक्ष्य पछ्याउँदा रिंकुले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरेका थिए । 

- आइपिएलको इतिहासमा पहिलोपटक १२ शतक बने । जसमा शुभमान गिल तीन र विराट कोहलीले दुईपटक शतकीय इनिङ्स खेलेका छन् । ह्यारी ब्रुक, भेन्कटेश्वर आइर, यशस्वी जैसवाल, सूर्यकुमार यादव, प्रभसिमान सिंह, हेन्रिक क्लासेन तथा क्यामरुन ग्रिनले समान एकपटक शतकीय इनिङ्स खेले । चालू आइपिएलमै कोहलीले एउटा नयाँ रेकर्ड बनाएका छन् । उनको नाममा अब सर्वाधिक सात आइपिएल शतक रह्यो ।

- आइपिएलमा यसपटक समग्रमा ब्याट्सम्यानहरूले एक हजार ८५ चौका र एक हजार ६२ छक्का प्रहार गरे । सन् २०१८ को संस्करणमा तीन हजार एक सय ९३ बाउन्ड्री निस्किएका थिए, जसमा दुई हजार एक सय आठ चौका र एक हजार ८५ छक्का ब्याट्सम्यानले प्रहार गरे । कोहली र डु प्लेसिसले १४ खेलमा नौ सय ३९ रनको साझेदारी गरे । दुवैले तीनपटक सय रनमाथि र पाँचपटक ५० बढी साझेदारी गरेका थिए ।