मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली काठमाडाैं
२०८० जेठ १४ आइतबार ०६:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रहस्यमय बन्दै विद्युतीय चुरोटभित्र लुकाएर गरिएको सुन तस्करी : भन्सारका नासुले ६५ लाख लिएको स्विकारे, सुन ल्याउने व्यक्ति अझै अज्ञात

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० जेठ १४ आइतबार ०६:०५:००

हालसम्मको अनुसन्धानमा ई–सिगरेटभित्र करिब नौ किलो सुन रहेको र त्यसलाई ६ करोडमा बिक्री गरिएको खुलेको छ । तर, बिक्री भएको थोरै मात्र बरामद भएको छ । त्यो सुन विभिन्न सुन पसलमा बिक्री भएको आशंका गरिए पनि क–कसले किने भन्ने प्रस्ट हुन सकेकोे छैन । अझ सुन चीनबाट कुन समूहले ल्याएको थियो भन्ने नै खुल्न नसक्दा घटना रहस्यमय बनेको छ ।

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर भएको सुन तस्करीको घटना रहस्यमय बनेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बासहित चारजनालाई पक्राउ गरेको दुई साता बितिसक्दा पनि तस्करीको पर्दा खुल्न सकेको छैन ।

भन्सारका नासु रेवन्त खड्कासहित भन्सार एजेन्ट र दुई सुनपसलेलाई सिआइबीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा रहेको सुनजडित ई–सिगरेट साटिदिएका थिए । पक्राउ परेका नासु खड्काले त्यसबापत ६५ लाख रुपैयाँ लिएको खुलेको छ । उनले पैसा लिएको स्वीकार गर्दै २५ लाख प्रेमिकाको खातामा राखेको र बाँकी एक आफन्तलाई ऋण तिर्न दिएको प्रहरीको सोधपुछमा बताएका छन् । 

हालसम्मको अनुसन्धानमा सुन तस्करी गर्ने र त्यसलाई चोरेर बेच्ने समूह फरक–फरक भएको खुलेको छ । गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले ई–सिगरेट रहेका दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकोमा शंका लागेर भन्सारले रोकेको थियो । ती सुटकेस चीनबाट ल्याइएको थियो । शंकास्पद सुटकेस लामो समय भन्सारको गोदाममा राखिएको थियो । जसलाई लिलाम गर्ने कि नष्ट गर्नेबारे अन्योल थियो । केही व्यक्तिले कहिले लिलाम हुन्छ भनेर बारम्बार भन्सार कर्मचारीलाई जिज्ञासा राखिरहेका हुन्थे । यहीबीचमा ई–सिगरेटमा सुन रहेको एक भन्सार एजेन्टले चाल पाएका थिए । उनले नै नासु खड्कालाई आर्थिक प्रभावमा पारी सुटकेसको ई–सिगरेट साटिएको थियो । पछि भन्सार कार्यालयलाई शंका लागेर सोधपुछ गर्दा नासु खड्काले उक्त बदमासी स्वीकार गरेका थिए । भन्सार कार्यालयले त्यसपछि प्रहरीलाई पत्राचार गरी अनुसन्धान गराएको थियो ।

हालसम्मको अनुसन्धानमा ई–सिगरेटभित्र करिब नौ किलो सुन रहेको र त्यसलाई ६ करोडमा बिक्री गरिएको खुलेको छ । तर, बिक्री भएको थोरै मात्र बरामद भएको छ । त्यो सुन विभिन्न सुन पसलमा बिक्री भएको आशंका गरिए पनि क–कसले किने भन्ने प्रस्ट हुन सकेकोे छैन । 

अझ सुन चीनबाट कुन समूहले ल्याएको थियो भन्ने नै खुल्न नसक्दा घटना रहस्यमय बनेको छ । ई–सिगरेटभित्र विगतमा पनि त्यसैगरी सुन ल्याएर तस्करी भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘भन्सारका कर्मचारीले शंका लाग्यो भनेर सामान रोक्ने र पछि लिलामी गरेर बेच्ने गरिएको त होइन भन्ने प्रश्न उब्जिएको छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी भन्छन्, ‘यस विषयमा भन्सारका अन्य कर्मचारीमाथि पनि छानबिन चलिरहेको छ ।’ 

सिआइबीका प्रवक्ता एसपी सञ्जय सिंह थापाले भने इ–सिगरेटमा भएको सुन तस्करी प्रकरणमा अनुसन्धान जारी नै रहेको र अनुसन्धान सकिएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए । यसमा ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ । पक्राउ परेकामध्ये एक सुनपसले विगतमा ८८ किलो सुन तस्करी प्रकरणमा पनि मुद्दा खेपिसकेका व्यक्ति हुन् ।