मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Thursday, 19 December, 2024
२o८o जेठ १३ शनिबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालको गेटमा फालिएको अवस्थामा बेवारिसे शिशु फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १८:o३:oo

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार राति करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनको शिशु फेला परेको हो।

अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षा गार्डले बच्चा रोएको सुनेपछि तत्काल अस्पतालका चिकित्सक, नर्ससहित प्रहरीको टोलीले नवजात शिशुको उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)ंको जिम्मामा बुझाएको लहान प्रहरीका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

अस्पतालको सुरक्षामा खटिएका सुरक्षा गार्डका अनुसार मध्यरातमा केटियम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएका थिए। ‘उपचारका लागि आएका होलान् भनेर त्यति ध्यान दिइनँ,’ उनले भने, ‘पछि बच्चा रोएको सुनेपछि पुगेर हेर्दा मोटरसाइकलमा दुईजना नै गायब थिए। तिनले नै छोडेर गएको हुन सक्छ।’

प्रहरी निरीक्षक ठाकुरले नवजात शिशु अस्पतालमा छोडेर गएका दुईजनाको खोजी भइरहेको र फेला परेपछि मात्र शिशु फालिनुको कारण बताउन सकिने बताए। शिशुलाई अभिभावक फेला नपरुञ्जेल ओेसिएमसीको जिम्मामा रहने गरी उपचारसहित हेरचाहमा राखिएको छ।