१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

एक वर्षपछि स्मिताले ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:oo:oo

गायिका स्मिता दाहाल नयाँ गीत लिएर आएकी छिन्। अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्।

स्मिताको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसमेत हुन्।

रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज सिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छिन्। भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ।

सुदीप बरालको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्। भिडियो निर्देशन सरोज ओलीले गरेका हुन्।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन्। ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ उनले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझैँ माया गर्नुहुन्छ भन्ने आशा छ।’

 ‘मायालु तिमी कता छौ’, ‘पानी कुवाको’, ‘मालिंगो’ आदि स्मिताका चर्चित गीत हुन्।

ad
ad