१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मनीष खड्का रूकुम पश्चिम
२०८० जेठ ११ बिहीबार १०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिमको मोसेखोलामा जिप दुर्घटना : २२ दिनको बच्चा र आमासहित पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रूकुम पश्चिम
२०८० जेठ ११ बिहीबार १०:४३:००

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ को टुरीधारा मोसेखोलामा जिप दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको छ। बिहीबार सानीभेरी गाउँपालिका– ५ हाँसुबाट मुसिकोट खलंगातर्फ आइरहेको लु.१ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो।

बाँफीकोट गाउँपालिका– ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनको बच्चा र आमासहित पाँचजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका– ५ की रेखा केसी, उनका २२ दिनको छोरा, सानीभेरी गाउँपालिका– ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शीतला केसी रहेको वडाध्यक्ष केसीले बताए।  शीतलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ । 

दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । उकालोमा ब्रेक फेल भएर जिप सडकबाट खसेजस्तो देखिएको वडाध्यक्ष केसीले बताए ।