१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बेँसीसहरमा सानिमा बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo

सानिमा बैंक लिमिटेडले लमजुङको बेँसीसहर नगरपालिकाको त्रिवेणी टोलमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरेका हुन् ।  

उद्घाटनपछि महजोडीले नयाँ शाखाले सबल र विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना दिएका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३१ कार्यालय र एक सय २२ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad