१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Saturday, 28 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o जेठ ८ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिवंगत आफन्तको सम्झनामा छात्रवृत्ति अभियान

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १६:o३:oo

भोटेकोसी गाउँपालिका वडा नं. २ का पूर्ववडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले दिवंगत आमाबुबाको सम्झनामा टुहुरा र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गरेका छन्।

आमा सुनमाया र बुबा जितकुमारको स्मृतिमा उनले गत वर्षदेखि टुहुरा, असहाय बालबालिकालाई छात्रवृत्ति र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिएका हुन्। गत वर्ष जुगल गाउँपालिका खमारेस्थित रामेश्वरी माविका पाँच विद्यार्थीलाई जनही १० हजार छात्रवृत्ति प्रदान गरेका उनले यस वर्ष चनौटेस्थित रत्नराज्य माविका थप १० टुहुरा र सहाराविहीन विद्यार्थीलाई जनही १० हजारका दरले सहयोग गरेका हुन्।

यी दुई विद्यालयका १५ बालबालिकालाई तीन वर्षसम्म वार्षिक १० हजारको दरले छात्रवृत्ति उपलब्ध गराउने श्रेष्ठले बताएका छन्। ‘बितेका आफन्तको सम्झना गर्दा समाजमा रहेका पीडितले लाभ प्राप्त गर्नुपर्छ,’ उनले भने। यस अभियानमा उनका दुई दाजु अशोककुमार र दीपक तथा दुई दिदी लक्ष्मी र सरस्वतीले पनि साथ दिएका छन्।

उनको अभियानलाई अनुशरण गर्दै भोटेकोसीका सोनाम श्रेष्ठले पनि स्वर्गीय आफन्तहरूको सम्झनामा रकम संकलन गरेर छात्रवृत्तिबाट लाभान्वित बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरेका छन्। त्यसैगरी, संकलित रकमबाट चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी सहाराविहीन ज्येष्ठ नागरिक राधा पोखरेललाई २१ हजार सहयोग प्रदान गरिएको छ। दिवंगत आफन्तको सम्झनामा स्थापित छात्रवृत्ति अभियान एउटा नयाँ संस्कृति भएको रामेश्वरी माविका प्रधानाध्यापक कृष्ण घिमिरेले बताए।