१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढुंगाले छोपेर चिरान मिल लाँदै गरेको काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o८:oo

ढुंगामुनि लुकाएर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया काठ बरामद गरेको छ। चन्द्रपुर नगरपालिका–३ को गैँडाटारबाट लोड गरेर चन्द्रपुर– १० स्थित बालचनपुरको एक चिरान मिलमा लाँदै गरेको अवस्थामा उक्त काठ बरामद भएको हो। 

बालचनपुरमा चिरान मिल सञ्चालन गरेर बसेका मुकेश साहले पाँच थान सालको गोलिया ना ४ त ८३६६ नम्बरको ट्र्याक्टरमा लोड गरेर त्यसमाथि ढुंगा राखेर लाँदै गरेको सुराकीका आधारमा सन्तपुरस्थित सशस्त्र बेसका प्रहरी सहायक निरीक्षक हवल्दार साह कानुको नेतृत्वको टोलीले काठ बरामद गरेको हो।

ट्र्याक्टरचालक चन्द्रपुर– १० का २३ वर्षीय फिरोज मन्सुरी पक्राउ परे पनि ट्र्याक्टर धनी तथा चिरान मिल सञ्चालक मुकेश साह भने सशस्त्र प्रहरीलाई देख्नासाथ भागेका थिए। वन कर्मचारी र बाटोमा पर्ने सन्तपुर प्रहरी चौकी, डुमरिया प्रहरी चौकीलाई मिलाएर साहले यसभन्दा पहिला पनि यसैगरी सालको गोलिया चोरी गर्ने गरेको स्थानीयले बताएका छन्।

ad
ad