१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Sunday, 11 May, 2025
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १७:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजार अनुगमन थप व्यवस्थित बनाइने, उपभोक्ता ठगिने वातावरणलाई अन्त्य गरिने

सरकारको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १७:३२:oo

सरकारले उपभोक्ता ठगिने वातावरण अन्त्य गर्न थप व्यवस्थित रूपमा बजार अनुगमन गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको जारी संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दिनमा बजार अनुगमन थप व्यवस्थित बनाइने बताए । 

पौडेलले उपभोक्ताहितको संरक्षण गरिने, बजार अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाई मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने वातावरणको अन्त्य गरिने बताए ।

सरकारको नीति कार्यक्रममा सरकारले सबै प्रकारका सिन्डिकेट र कार्टेलिङको अन्त्य गर्दै व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता, प्रतिस्पर्धा र अनुशासित बनाइने उल्लेख छ ।