१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न कोसिस गर्छौं : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १७:१९:oo

कञ्चनपुरका आरक्षपीडितले सांसदहरूसँग भेट गरेका छन्। बिहीबार संसद् भवन पुगेर आरक्षपीडितको टोलीले सांसदहरू भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।

राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्षपीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो। टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारा लामा तामाङसँग भेट गरेको छ। सचिव प्रेमदत्त भट्टका अनुसार उनीहरूले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सांसद लेखकले एक–दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरू विकल्प नभएको बताए। कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पुर्‍याउन आफू तयार रहेको उनको भनाइ थियो।

पीडितहरूले माओवादी सांसद माधव सापकोटासँग पनि भेट गरेका छन्। सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका संघर्ष समितिका सचिव भट्टले जानकारी दिए।

पीडितहरूले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए। अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कठ्ठा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे। जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरूले माग राखेका थिए।

पीडितहरूले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एमाले सचेतक महेश बर्तौला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग भेट्ने कार्यक्रम छ।