१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३ बुधबार o९:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सडक सुरक्षासम्बन्धी कार्टुन प्रदर्शनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार o९:४३:oo

संयुक्त राष्ट्रसंघ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा मंगलबारदेखि ‘सडक यात्रा’ शीर्षकमा कार्टुन प्रदर्शनी सुरु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र नेपाल कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरिएको कार्टुन प्रदर्शनीकोे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे । प्रदर्शनी तीन दिनसम्म चल्नेछ । त्यस्तै, काठमाडौं उपत्यकाका बस स्टेसन र सडकका मुख्य चोकहरूमा पनि साताभर सचेतना कार्यक्रम गरिने आयोजकले बताएको छ । 

प्रदर्शनीमा नेपालका वरिष्ठदेखि कनिष्ठ कार्टुनिस्टहरूद्वारा बनाइएका ३० वटा कार्टुन राखिएका छन् । कार्टुनमार्फत विशेषतः असुरक्षित तवरले सडकमा सवारी चलाउने प्रवृत्तिविरुद्ध सन्देश प्रवाह गरिएको छ । हेल्मेट नलगाईकन मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, सडक लेन मिच्ने, गाडी चलाउँदा मादक पदार्थ सेवन गर्ने, लागुपदार्थ खाने, मोबाइल फोन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका प्रवृत्तिले सडकमा दुर्घटना हुने गरेको विषयलाई कार्टुनमा औँल्याइएको छ । त्यस्तै, अपांगता भएका, वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरूका लागि सडकमा विशेष ख्याल पुर्‍याउनुपर्ने सन्देश पनि कार्टुनमार्फत दिइएको छ । 

राष्ट्रिय सडक सुरक्षा परिषद्को हालैको तथ्यांकअनुसार विश्वभर करिब १३ लाख ५० हजार मानिसले प्रतिवर्ष सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हरेक वर्ष करिब दुई हजार आठ सय मानिसको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।