१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस रोल्पा
२o८१ बैशाख २२ शनिबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
रासस, रोल्पा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२७:oo

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका– १८ पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। चन्द्राका श्रीमान् उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन्।

‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्। सोही क्रममा मृत्यु भएको रहेछ,’ इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भने।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घन्टाको पैदल दूरीमा छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

ad
ad