
नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको २१औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाइटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराइली र द्वितीय उपाध्यक्षमा धादिङका सानुबाबु बराइली निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेले जानकारी दिए । त्यस्तै, महासचिवमा काठमाडौंका बालकुमार विश्वकर्मा (सुमन), सचिवमा सुनसरीका प्रेमबहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंकै श्यामकुमार विश्वकर्मा र सहकोषाध्यक्षमा धादिङका सुदीप रसाइली निर्वाचित भएका हुन् ।
साधारणसभाले सदस्यहरूमा दोलखाका दीपक धनुके, रामेछापका कृष्ण गहतराज, झापाका तिलकबहादुर विश्वकर्मा र धनकुटाका देवबहादुर विश्वकर्मालाई निर्वाचित गरेको छ । त्यस्तै, काठमाडौंका नवीन रसाइली, दीपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराइली, अर्जुन विश्वकर्मा र देवी गौतम गहतराजसमेत सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सूर्यकुमार बराल र दुर्गा विक सदस्यमा मनोनीत भएका छन् ।