मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २९ शुक्रबार ०९:३८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पर्वतमा सहकारीको रकम हिनामिना : अदालतले अभियुक्तविरुद्ध पक्राउ पुर्जी दिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २९ शुक्रबार ०९:३८:००

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, लेखा संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदीविरुद्ध पक्राउ अनुमति माग्न प्रहरी बिहीबार जिल्ला अदालत पुगेको थियो । तर, अदालतले कार्यालयका प्रमुख न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ बिदामा रहेको कारण देखाउँदै पक्राउ अनुमति दिन अस्वीकार गरेको हो ।

चलखेल भएको अनुभूति भयो : अधिवक्ता रामचन्द्र शर्मा
घटनामा संलग्न अभियुक्तविरुद्ध पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको थियो । तर, अदालतले न्यायाधीश नभएको भन्दै पुर्जी जारी गरेन । यस्तो गर्न कानुनतः मिल्दैन । किनकि पक्राउ पुर्जी जारी गर्न अदालतमा कार्यरत अन्य न्यायाधीशले पनि मिल्छ । यसमा चलखेल भएको अनुभूति हामीले गरेका छौँ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुकर न्यौपानेले न्यायाधीश बिदामा रहेकाले पक्राउ पुर्जी जारी नभएको बताए । ‘अभियुक्तविरुद्ध पक्राउ अनुमति लिन हामी अदालत पुगेका थियौँ । तर, न्यायाधीश बिदामा हुनुहुँदो रहेछ, पक्राउ पुर्जी लिन सकेनौँ,’ उनले भने । कानुनतः अभियुक्तविरुद्धको पक्राउ पुर्जी जारी अदालतमा कार्यरत अन्य न्यायाधीशबाट गर्दा हुन्छ । कार्यालय प्रमुख नै हुनुपर्ने कुनै कानुनी प्रावधान छैन । तर, उक्त मुद्दामा भने प्रमुख न्यायाधीश बिदामा रहेको भन्दै अदालतले पक्राउ पुर्जी जारी गरेन । 

जाहेरीकर्ताका भिनाजु तथा अधिवक्ता रामचन्द्र शर्माले नियतवश अदालतले पक्राउ पुर्जी जारी नगरेको बताए । ‘घटनामा संलग्न अभियुक्तविरुद्ध पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको थियो । तर, अदालतले न्यायाधीश नभएको भन्दै पुर्जी जारी गरेन । यस्तो गर्न कानुनतः मिल्दैन । किनकि पक्राउ पुर्जी जारी गर्न अदालतमा कार्यरत अन्य न्यायाधीशले पनि मिल्छ । यसमा चलखेल भएको अनुभूति हामीले गरेका छौँ,’ उनले भने ।

जााहेरीकर्ता मिनाकुमारी शर्मा सोही सहकारीको सचिव प्रेमप्रसाद शर्माकी श्रीमती हुन् । सहकारीको रकम दुरुपयोग भएको भन्दै प्रेमप्रसादले गत २९ पुसमा आत्महत्या गरेका थिए । त्यसपछि मिनाकुमारीले सहकारी ऐन ०७४ को १२२ अनुसार प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीमा जमानत वा सुरक्षण नराखी ऋण प्रवाह भएको, सहकारीको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेको, ऋण असुल हुन नसक्ने गरी समितिका सदस्य, निजको नातेदारलाई ऋण प्रवाह गरेको, संस्थाको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको विषय उल्लेख छ ।

मिनाकुमारीले सहकारीका अध्यक्ष विदुर, कोषाध्यक्ष नरेन्द्र, व्यवस्थापक दिलकुमारीविरुद्ध आत्महत्या दुरुत्साहनविरुद्धको जाहेरी प्रहरी कार्यालयमा दर्ता गरेकी थिइन् । जाहेरीपछि प्रहरीले विदुर, नरेन्द्र र दिलकुमारीलाई पक्राउ पनि गरेको थियो । १७ दिनको हिरासतपछि जिल्ला अदालतको आदेशमा उनीहरूलाई प्रहरीले धरौटीमा छाडेका थियो ।