१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २७ बुधबार १६:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक सडकमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १६:४o:oo

भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा नागरिक प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उपस्थित नागरिकले जघन्य अपराधमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीका लागि दबाब दिन विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । 

आन्दोलनले अमेरिका लैजाने नाममा सयौँ नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौँ रुपैयाँ असुली संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट ढाकछोप भइरहेको भन्दै आपत्ति जनाएको छ। 

उनीहरूले भुटानी शरणार्थीको आवरणमा भएको ठगीमा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन सरकारले गरेको प्रयासलाई हिम्मतिलो काम भन्दै आभार व्यक्त गरेका छन् । साथै, खुट्टा कमाए खबरदारी गर्ने चेतावनी पनि दिएका छन् ।
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका