मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख २७ बुधबार ०८:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण

Read Time : < 1 मिनेट
२०८० बैशाख २७ बुधबार ०८:२१:००

नेपाल विद्युत् प्राधिकरणले पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण सुरु गरेको छ । उपभोक्ता समितिबाट विद्युत् व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएसँगै भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण सुरु गरेको हो ।

पश्चिम लमजुङअन्तर्गत मध्यनेपाल नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ का उपभोक्तासँगै क्व्होँलासोथार गाउँपालिकाअन्तर्गतका पाँचवटा गाउँ र सुन्दरबजारका केही क्षेत्रमा भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण भएको हो । उक्त सबस्टेसनबाट ७ हजार घरपरिवार लाभान्वित भएका छन् । पश्चिम लमजुङका क्षेत्रमा उदिपुर सबस्टेसनबाट विद्युत् वितरण गर्दा लामो दूरी पर्नुका साथै हावाहुरीका कारण विद्युत्मा समस्या आउँदा व्यवस्थापन गर्न समस्या भएपछि दूरी छोटो गरिएको केन्द्र प्रमुख मेघनाथ भट्टराईले बताए । 

भोर्लेटारमा सबस्टेसन निर्माण सम्पन्न भएसँगै तीनवटा फिडरबाट छुट्टाछुट्टै विद्युत् वितरण गर्न लागिएको केन्द्र प्रमुख भट्टराईले जानकारी दिए । यसअघि, विद्युत् वितरण गर्दै आएको पश्चिम लमजुङ विद्युत् उपभोक्ता संस्थाले सेवाग्राहीलाई विद्युत् वितरण गरी विद्युत् महसुल उठाउँदै आए पनि संस्थाले प्रभावकारी सेवा प्रवाह गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले स्वामित्व लिएको हो ।

प्राधिकरणले स्वामित्व लिएसँगै संरचना विकास र अन्य व्यवस्थापनलाई सहज बनाउन थालेको हो । उपभोक्ता संस्थाले जिल्लाको तीनवटा स्थानीय तहअन्तर्गत साबिक आठवटा गाविसमा विद्युत् सेवा वितरण गरेको थियो । यसअघि, उदिपुर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएकोमा विभिन्न प्राविधिक समस्या आइरहेकाले भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण सुरु गरिएको लमजुङ विद्युत् वितरण केन्द्रका प्रमुख भट्टराईको भनाइ छ ।