मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Wednesday, 18 December, 2024
नवीन गुरुङ संखुवासभा
२o८o बैशाख २५ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारीका सबै वडामा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १८:oo:oo

संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाभित्र रहेका ११ वटै वडा कार्यालयहरूमा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु भएको छ।

०५३ सालमा स्थापना भएको जिल्लाकै जेठो नगरपालिकाको रूपमा परिचित खाँदबारीमा यसअघि भाडाका घरबाट वडा कार्यालयहरू सञ्चालनमा थिए। ०७४ मा पहिलोपटक वडामा निर्वाचित जनप्रतिनिधिहरूले कार्यालय नहुँदा नगरपालिकाको एकैकोठाबाट ११ वटै वडा कार्यालयका काम गर्दै आएका थिए।

यही साता मात्रै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले १० नम्बर वडा, ११ नम्बर वडा र ६ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन गरेका छन्। उनले भाडाको घरमा बसेर वडामा सेवा दिइरहेको अवस्थामा अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन सुरुवात भइसकेको बताए।

‘खाँदबारी नगरपालिकाभित्रका सम्पूर्ण नगरवासीको देनकै कारणले आज नगरभित्रका ११ वटै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न भई सोही भवनबाट सेवा दिने अवसर प्राप्त भएकोमा खुसी छु,’ उनले भने।