१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २२ शुक्रबार १८:५३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका ‘मुलतिहुन’ प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १८:५३:oo

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा सम्पन्न राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’ प्रथम भएका छन्।

सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यंग्य कविता प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शीर्षकको कविता वाचन गरेका थिए। उनले पुरस्कारस्वरूप नगद १५ हजार प्राप्त गरे।

यस्तै, प्रतियोगितामा मकवानपुरका प्रभाव घिमिरे र सुनसरीका सुरज पराजुली क्रमशः द्वितीय र तृतीय हुँदा कास्कीका संयोग बस्याल र पाँचथरका कमल घिमिरे सान्त्वन भए। द्वितीय, तृतीय र सान्त्वना हुनेहरूले क्रमशः १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेका अनुसार प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट आाएका ८१ कविका कवितामध्येबाट २५ जनाको कविता छनोट गरिएको थियो।

हेटौँडा उपमहानगरपालिका– ४ को मूल अयोजनामा भएको प्रतियोगितामा सिस्नुपानी नेपालका केन्द्रीय सचिव सरोज घिमिरे, हेटौँडा– ४ का वडाध्यक्ष नवीन सिग्देल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटालगायतको उपस्थिति रहेको थियो।