१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २२ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १२:५७:oo

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन प्रयास गर्नुपर्ने बताए । 

उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उदगमस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए । उनले सन्देशमा भनेका छन, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उदगमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।’ उनले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन् । 

अध्यक्ष ओलीले नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घन्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको समेत सन्देशमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएको भन्दै बुद्धको जन्मस्थललाई सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएकोसमेत बताए ।