१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २० बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता 

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १४:o४:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.  मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित योजना आयोगकाे कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो।

भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए। स्वदेशी उत्पादनहरू प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरू बनाउन भूमिका खेल्न आयोगसमक्ष उनले अनुरोध गरे। 

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको, तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए।

‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारूको घरम बनेकोचाहिँ घोप्याउनुपर्ने स्थिति छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मासबेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ।’ 

मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्ने बताए। 

जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरू बढाउनु नै आजको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनले बताए। 

स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरूलाई जोड दिनुपर्छ भन्ने सधैँ आफ्नो मान्यता रहेको उनले बताए।

 ‘मासबेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपर्‍याे,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेकोभन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ।’ 

भेटमा मुख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए। चौधरीले मुख्यमन्त्रीको रूपमा केही दिनअघि मात्रै प्रदेश सभाबाट विश्वासको मत पाएका थिए।

ad
ad
ad
ad