सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पतिहानी, चितवनस्थित जंगल भिल्ला रिसाेर्टबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले जंगल भिल्ला रिसाेर्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले जनाएको छ।
डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।