मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १९ मंगलबार १०:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धार्केमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी खुल्यो 

Read Time : < 1 मिनेट
२०८० बैशाख १९ मंगलबार १०:०८:००

धादिङको गणेश खोला पुलनजिकै सडक भासिएर ठप्प बनेको पृथ्वी राजमार्ग करिब १८ घन्टापछि एकतर्फी रूपमा खुलेको छ । सोमबार अपराह्न करिब ४ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा ग्याबियन जाली भरेपछि एकतर्फी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका- ८ सिमाना जोड्ने पुलनजिकै भासिँदा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो । भासिएको भागमा ग्याबियन जाली लगाएर उकास्ने र भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको हो। 

मर्मतका लागि नेपाली सेना, सशत्र प्रहरी परिचालन गरिएको छ । जैसवारले भने, ‘अहिले एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ । तर, दुवैतर्फ सञ्चालन गर्न समय लाग्छ ।’

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरू, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सञ्चालन भएसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।