मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १६ शनिबार १७:१५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘हेमराज पहारी स्मृति पुरस्कार’ साहित्य सन्ध्यालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार १७:१५:oo

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गरेको छ।

प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत १ लाख राशिको सो पुरस्कार हस्तान्तरण गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेती र प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले सो पुरस्कार हस्तान्तरण गरेका हुन्।

गत वैशाखको पहिलो साता बसेको प्रतिष्ठानको बैठकले यस वर्ष सो पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको थियो। सोहीअनुसार शनिबार साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई पुरस्कार हस्तान्तरण गरिएको हो।

२०३९ सालमा स्थापना भएको प्रतिष्ठानले हालसम्म ४३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको छ। युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि सो पुस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले बताइन्। उनले यो पुरस्कार अब हरेक वर्ष प्रदान गर्ने घोषणासमेत गरिन्।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकार लक्ष्मी निरौला, युद्धप्रसाद मिश्र, प्रतिष्ठानका अध्यक्ष फणिन्द्र निरौला र इन्दु अंशुले प्रतिष्ठानको विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा लोचन भट्टराईले हेमराज पहारीको गीत गाएकी थिइन्।