१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १६ शनिबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोहलपुरको योजना : सिकलसेल र थालेसेमिया बिरामीको नि:शुल्क स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार १३:४o:oo

कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा गरिदिने भएको छ। सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य बिमा गर्न लागेको कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले बताइन्।

उनले आर्थिक वर्ष ०८०–८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने बताइन्। ‘उपचारमा सम्पत्ति सकिने अवस्थाको अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेको छ,’ उनले भनिन्, ‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका संवेदनशील छ।’

सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैयाँ पाउँदै आएका छन् । जनस्वास्थ्य समस्याकै रूपमा रहे पनि थालेसेमियाका बिरामीहरू राज्यको सेवाबाट वञ्चित भएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए। ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ। उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ,’ उनले भने।

उनले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेको बताए । थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बिमामा समेट्न डा. पाण्डेले सुझाव दिए ।

कोहलपुर नगरपालिकाका ११ हजारजनाको सिकलसेल परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी बाहक फेला परेका छन्। त्यसैगरी, एक सय ५० जना थालेसेमियाका बाहक फेला परेकाे कोहलपुर नगरपालिका वडा नं. १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए।