१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १५ शुक्रबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमा गाउँपालिकाका पूर्वअध्यक्ष शाहीको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १६:४४:oo

जुम्लाको हिमा गाउँपालिकाका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन भएको छ। उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान निधन भएको हो। 

६० वर्षीय शाहीको पाइल्सको सल्यक्रिया गरिएको उनका आफन्त तथा पूर्ववडाध्यक्ष मुनबहादुर बुढाले जानकारी दिए। 

हिमा गाउँपालिका– ६ महावैपाथरखोलानिवासी शाहीले पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। 

उनले एमालेका भैबहादुर रोकायालाई पराजित गर्दै हिमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र पार्टीबाट निर्वाचित भएका थिए। 

नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय वैकल्पिक सदस्य लक्ष्मीकन्या बुढाका अनुसार उपचारको क्रममा नेपालगन्जस्थित कोहलपुर अस्पतालमा निधन भएको हो। 

दुई साताअघि पार्टीकै कार्यक्रममा सक्रिय रहेका माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य नेता शाही बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए। 

नेता शाहीको कोहलपुर अस्पतालमा निधन भए पनि जुम्ला ल्याएर दाहसंस्कार गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र पार्टीले जनाएको छ।