१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेन्छियामको प्राथमिक सेयर बाँडफाँट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५३:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धनमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर बाँडफाँट भएको छ । जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने सेयरमध्येबाट आरक्षित आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई सुरक्षित गरी बाँकी नौ लाख ३४ हार नौ सय १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो । 

जसअनुसार १२ लाख ४४ हजार तीन सय ८५ आवेदकबाट जम्मा एक करोड ३७ लाख, हजार ३० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

केही प्रक्रिया नपुगेका तथा आरक्षित सेयर परिसकेकाको आवेदन रद्द गरेपश्चात् जम्मा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता सेयर खरिदका लागि परेको आवेदन प्रक्रिया पूरा भएको जनाइएको छ । 

साथै, कर्मचारीहरूलाई सुरक्षित गरिएको जम्मा २२ हजार चार सय ३९ कित्ता सेयरमध्ये कर्मचारीबाट जम्मा तीन हजार दुई सय ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भई बाँडफाँट भइसकेकाले बिक्री नभएको १९ हजार एक सय ९९ कित्तासमेत थप गरी जम्मा नौ लाख ५४ हजार एक सय १४ कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गर्ने निर्णय गरिएको क्यापिटलले जनाएको छ । 

प्रक्रिया पुगी सेयर खरिदका लागि प्राप्त आवेदकहरूलाई गोलाप्रथाका माध्यमबाट १० कित्ता देखि ५,००० कित्ता सेयर आवेदन गर्ने ९५,४११ जना सफल आवेदनकर्ता छनोट गरी १० कित्ता सेयरका दरले जम्मा ९,५४,११० कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको चार कित्ता सेयर २० कित्तादेखि ५,००० कित्ता सेयर आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाका माध्यमबाट थप एक कित्ता सेयरका दरले चारजना आवेदकलाई बाँडफाँट गरिएको जनाइएको छ । 
 

ad
ad