![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo.2019-06-14-07-34-10.jpeg)
पोखरा स्पोर्टस् अवार्डमा वितरण गरिने चार विधाका समान तीन खेलाडी मनोनयनमा परेका छन् आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार तीन–तीनजना खेलाडीको नाम सार्वजनिक गरेको हो । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा २३ वैशाखमा अवार्ड कार्यक्रम हुनेछ ।
खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका विभिन्न सात विधामा उत्कृष्ट समान एकजनालाई अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जानकारी दिएका छन् । प्रदेशका ११ जिल्लामा गरेको र गत वर्ष उत्कृष्ट प्रर्दशन गरेकामध्येबाट चार विधाका लागि तीन तीनजना छनोट गरिएको बरालले बताए ।
उत्कृष्ट पुरुष खेलाडीमा बागलुङका करण केसी (क्रिकेट), तनहुँका गंगाबहादुर कुँवर (आर्चरी) र कास्की प्रदीप खड्का (लनटेनिस) रहेका छन् । यसैगरी, वर्ष उत्कृष्ट महिला खेलाडीमा बागलुङकी रोजिना थापामगर (आर्चरी), लमजुङकी सावित्रा भण्डारी (फुटबल) र बागलुङकी सुस्मिता थापा (आइटिएफ तेक्वान्दो) छन् ।
उत्कृष्ट प्रशिक्षक विधामा स्याङ्जाका किशोरकुमार गुरुङ (आर्चरी), कास्कीका नीरज थापा (टेनिस) र कास्कीका सुरज सुनार (आइटिएफ तेक्वान्दो) रहेका छन् । वर्ष उदीयमान खेलाडीतर्फ बागलुङका रवि केसी (भलिबल), कास्कीका सुमित श्रेष्ठ (फुटबल) र बागलुङका सुवास भण्डारी (क्रिकेट) रहेको आयोजकले जनाएको छ । अन्य तीन विधामध्ये लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनेको व्यक्तित्व केही दिनमै सार्वजनिक हुनेछ । वर्ष उत्कृष्ट खेल संघ र उत्कृष्ट पत्रकारिता अवार्डको विजेताको नाम सीधै कार्यक्रममा घोषणा हुनेछ ।