१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यू–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोसीको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३२:oo

लुम्बिनी र कोसी प्रदेशले सुदूरपश्चिम मुख्यमन्त्री यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । कैलालीको धनगढीमा चलिरहेको प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिमलाई १५ रनले हराउँदै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । कोसीले पहिलो जित निकालेको छ । पहिलो खेलमा कोसी गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा लुम्बिनीले फाप्ला क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै २९.४ ओभरमा सबै विकेट क्षतिमा एक सय ४० रन बनायो । प्रत्युत्तरमा सुदूरपश्चिमले २८.४ ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । 

लुम्बिनीका लागि सन्तोष यादवले ४५ रन र आशिष ओलीले २२ रन बनाए । सुदूरपश्चिमका लागि आशिष शाही र अशोक धामीले समान दुई विकेट लिए । सुदूरपश्चिमका लागि नरेन भट्टले ३२ रन, ऋतिक थापाले २५ रन र मेट्रिक थापाले अविजित २२ रन बनाए । 

लुम्बिनीका लागि आशिष ओलीले सर्वाधिक चार विकेट लिए । खेलमा उनी नै म्यान अफ दी म्याच भए । दोस्रो खेलमा कोसीले बागमती प्रदेशलाई १६ रनले पाखा लगायो । कोसीले पहिलो ब्याटिङ गर्दै २८.४ ओभरमा सबै विकेट क्षतिमा एक सय ५१ रनको योगफल खडा गर्‍यो । बागमतीले २८.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो ।

कोसीका लागि दिपु भुजेलले ३७ रन, अलिश मण्डलले २६ रन र आशिक मगरले अविजित २२ रनको योगदान दिए । बागमती प्रदेशका लागि सुविन हाडाले ४ विकेट लिए । बागमतीका लागि रोशन विकले २१ रन र सुयांशु कोइरालाले २० रन बनाए । कोसीका लागि कृतिक कामतले चार विकेट लिए । उनी नै म्यान अफ दी म्याच भए । 

ad
ad