१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चीन र युक्रेनका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:३o:oo

चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोन वार्ता भएको छ। 

वार्ताबारे सार्वजनिक गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति सी जिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ। यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ।’

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको बताएका छन्। 

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए। 

‘युक्रेन संकटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,’ सिसिटिभीले भनेको छ।

सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, ‘चीनले न त अर्कोतिरबाट वाण हान्नेछ, न त आगोमा इन्धन थप्नेछ, संकटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन।’ 

सीले त्यस क्रममा आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्ने, आफ्नो र सम्पूर्ण मानव जातिको भविष्य र नियतिमा साँच्चिकै ध्यानकेन्द्रित गर्नुपर्ने र संयुक्त रूपमा संकटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने बताएका थिए। 

गत फेब्रुअरीमा बेइजिङले युक्रेनको संकटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो। दस्ताबेजमा चीनलाई तटस्थ राष्ट्रको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ। रासस

ad
ad