मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १२ मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १२ मंगलबार १०:४१:००

- ट्याटु खोप्नुअघि आफ्नो स्वास्थ्य जाँच गर्नु आवश्यक छ । शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटु खोप्नु उचित हुँदैन । सुगर भएका व्यक्तिले ट्याटु खोपाउँदा निको नहुने खतरा हुन्छ । त्यसैले तपाईंको शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ ।

- ब्लडप्रेसरको समस्या भएका व्यक्ति फेन्ट हुन सक्ने खतरा हुन्छ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटु नखोप्दा हुन्छ ।

- जहाँ ट्याटु खोप्दै हुनुहुन्छ, त्यहाँका आर्टिस्टले काम गर्ने तरिका, औजारको सरसफाइलगायत विषयमा पहिल्यै विचार पुर्‍याउनुपर्छ । उसले प्रयोग गर्ने औजार कस्तो छ, त्यसको निर्मलीकरण कसरी गरिएको छ भन्नेबारे बुझ्नुपर्छ । यस्ता विषयमा ख्याल गरिएन भने शरीरमा विभिन्न संक्रमण हुन सक्छ । ट्याटु खोप्ने मेसिनलगायतका औजार सेनिटाइज गर्नुपर्छ । 

- कतिपयले इंक प्रिन्ट र फ्याब्रिक कलर प्रयोग गरेको पाइन्छ । ट्याटुका लागि त्यस्तो इंक प्रयोग गर्नुहुँदैन । यसले शरीरमा क्यान्सरलगायत गम्भीर रोगको संक्रमण हुने खतरा पनि हुन्छ । 

- ट्याटु खोपेको ७–१० दिनसम्म घाउ आलै हुन्छ । यो अवधिमा एकदमै सचेत हुनुपर्छ । यस अवस्थामा लापर्बाही गर्दा विभिन्न संक्रमण हुन सक्छ । ट्याटुको घाउ ओभानो नराख्दा तथा भिज्दा ब्याक्टेरियाले संक्रमण गर्न सक्छ । घाउमा पसिना पनि जम्न दिनुहुँदैन ।

- ट्याटुको घाउ राम्रोसँग ठीक नभएसम्म घामबाट जोगाउनुपर्छ । घामको अल्ट्राभाइलेट रे ट्याटुमा परिरह्यो भने नकारात्मक असर निम्त्याउँछ । घाउ निको भएपछि ट्याटुमा सनब्लक क्रिम लगाएर घामको असरबाट जोगाउन सकिन्छ । तर, जथाभावी लोसन प्रयोग गर्नु भने खतरापूर्ण हुन्छ । 

- यदि ट्याटुको घाउ सफा गर्नुपरेमा एन्टिब्याक्टेरियल साबुन प्रयोग गर्नुपर्छ । घाउ पाक्न थालेमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।