१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकले गर्‍यो पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार ११:१६:oo

हिमालयन बैंक लिमिटेडले ललितपुरको हाँडीगाउँमा रहेको नशारहित समाज नेपाल (उपचार केन्द्र)लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रको बहुउद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग रकमको चेक बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेको जनाइएको छ । 

देशका युवाहरू मदिरा तथा विभिन्न लागुपदार्थको कुलतमा फस्ने र यस कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधहरूमा पनि फसाइरहेको समस्यालाई समाजबाट हटाउन बैंकले उक्त संस्थालाई सहयोग गरेको जनाइएको छ ।

संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागुपदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकालाई यस कुलतबाट छुटकारा पाउन मद्दत गर्दै आएको बैंकले जनाएको छ । केन्द्रले करिब सयजनालाई एकदमै न्यूनतम खर्चमा सहयोग गरिरहेको जनाइएको छ ।