१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

नवौँ चरणसम्म अपराजित रहेका रुपेश जैसवाल र सुजना लोहनीले सर्वाधिक ८.५ अंक जोड्दै राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि जिते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार o७:५८:oo

फिडेमास्टरद्वय रुपेश जैसवाल र सुजना लोहनीले अपराजित रहँदै आइतबार राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि जितेका छन् । एक खेलअघि नै दुवै खेलाडी च्याम्पियन बनिसकेका थिए । प्रतियोगिताको आइतबार अन्तिम दिनमा भएको नवौँ चरणमा रुपेश र सुजनाले आ–आफ्नो खेलमा जित निकाली अपराजित रुपमा च्याम्पियनसिप उपाधि जितेका हुन् । 

रुपेश पुरुष तथा सुजना महिलातर्फ पहिलो भएका हुन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भएको प्रतियोगितामा अन्तिम चरणमा रुपेशले राजन सुवेदीलाई हराए । सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् । दुवै खेलाडीले आठ जित र एक बराबरीको नतिजासहित ८.५ अंक हात पारे ।

पुरुषतर्फ ६.५ अंक बनाएका पूर्वनेपाल च्याम्पियन सुरवीर लामा दोस्रो तथा फिडेमास्टर क्षितिज भण्डारी तेस्रोे स्थानमा रहे । रुपेशले २५ हजार, दोस्रो भएका सुरवीरले १० हजार र तेस्रो स्थान हात पारेका क्षितिजले १० हजार रुपैयाँ पाएका छन् । राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका आठ, साबिक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १० खेलाडीबीचको राउन्डरोबिन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् । 

विजेताद्वय ४५औँ ओलम्पियाडमा छनोट
प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजना बंगलादेशमा आयोजना हुने विश्वकप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि छानिएका छन् । उनीहरूले सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगितामा सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएको संघले जनाएको छ । शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् । महिलातर्फकी च्याम्पियन सुजनाले २५ हजार रुपैयाँ पाएकी छिन् । ५.५ अंकसहित सुशीला गुरुङ उपविजेता र शान्ति धिमाल तेस्रो भए । नवौँ चरणमा सुशीला र शान्तिले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तिले १० हजार रुपैयाँ पाए । खुलातर्फजस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् । 

ad
ad
ad
ad