१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १० आइतबार १o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदातालाई प्रभावित पार्न खोजियो : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १o:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सामाजिक सञ्जालमार्फत मतदातालाई प्रभावित पार्न खाेजेकाे आरोप लगाएका छन्। बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनअन्तर्गत मतदान भइरहेका वेला सांसदले रास्वपाविरुद्ध आमजनमानसमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका हुन्। 

सांसद सोविता गौतमले रास्वपाले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेकी छन्। ‘रास्वपाको आफ्नै उम्मेदवार छ, मतदातालाई भ्रमित पार्ने गलत पोस्टदेखि सजग रहनु होला,’ उनले भनेकी छिन्। 

सांसद निशा डाँगीले रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा प्रकाशित भइरहेको भन्दै यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजक रहन आह्वान गरेकी छिन्। 

सांसद डाँगीले सामाजिक सञ्जालहरूको दुरुपयोग गरी भइरहेका यस खालका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी तथा कानुनबमोजिम कारबाही गर्न निर्वाचन आयोग तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन्। 

‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔँ। यस्तो गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ उनले भनेकी छिन् ।