डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने क्रममा बुल्डोजर अचानक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने वर्ष अन्दाजी ६०/६२ का मुसाफिर दास रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
पोखरा ३२ लामेआहालस्थित डम्पिङ साइडमा पोखरा महानगरपालिकाको ग १ ग १३४ नम्बरको बुल्डोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा साँझ करिब ७ बजे अचानक अनियन्त्रित भई पल्टिन जाँदा सोही डोजरमा च्यापिएर घटनास्थलमै दासको मृत्यु भएको विकले जानकारी दिए। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।