मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अल्फा–बिटामा एसइई दिएका विद्यार्थीका लागि ब्रिज कोर्स सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ७ बिहीबार १०:३०:००

शिक्षा परामर्शदाता अल्फा–बिटाले माध्यमिक शिक्षा परीक्षा (एसइई) सकेका विद्यार्थी र नेपालका शीर्ष कलेजमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । संस्थाले नेपालका उत्कृष्ट कलेजले सञ्चालन गर्ने कठिन प्रवेश परीक्षाका लागि विद्यार्थीलाई तयार पार्ने गरी डिजाइन गरिएको कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रम १० हप्ताको प्रवेश तयारी कक्षा रहेको र यसले विद्यार्थीलाई उनीहरूको शैक्षिक सीप बढाउन र कलेज प्रवेश परीक्षाका लागि तयारी गर्ने अवसर प्रदान गर्ने संस्थाको दाबी छ । विद्यार्थीले तीन फरक पाठ्यक्रमबाट छनोट गर्न सक्ने जनाइएको छ ।

जसअनुसार सेन्ट जेभियर्स इन्ट्रान्स प्रिपरेसन कोर्स, एड्भान्स साइन्स कोर्स र एड्भान्स मेनेजमेन्ट कोर्स रहेको उल्लेख छ । कार्यक्रम दिनभरमा चार फरक समयमा सञ्चालन हुने संस्थाले जनाएको छ । कार्यक्रममा भर्ना हुने पहिलो एक सय विद्यार्थीका लागि ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको संस्थाका सिइओ द्विराज शर्माले बताए ।