१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख २ शनिबार १५:५६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खोटाङमा राष्ट्रपति रनिङ सिल्डको उपाधि केपिलासगढीलाई

Read Time : > 1 मिनेट
२०८० बैशाख २ शनिबार १५:५६:००

१३औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको छ।

वैशाख ११–१३ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ सिल्डमा केपिलासगढीले १६ स्वर्ण, ११ कास्य र १२ रजतसहित उपाधि उचालेको हो।

जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्र–छात्रा सहभागी जिल्लास्तरीय राष्ट्रपछि रनिङ सिल्ड प्रतियोगितामा ६ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो भएको छ भने चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका तेस्रो भएको छ।

यसैगरी, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐंसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए।

गत चैत २८ गतेदेखि सञ्चालन भएको जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगितामा विभिन्न पाँच विधा (एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो)मा १३८ पदकका लागि प्रतिस्पर्धा गरिएको हो।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्समा २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा आठ स्वर्ण, आठ रजत, आठ कास्य तथा तेक्वान्दोमा आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको खेलकुद विकास समितिका प्रमुख केसीले जानकारी दिए। 

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः रु १५ हजार, रु १२ हजार र रु नौ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको भोलिपल्ट हलेसी तुवाचुङ नगरपालिकाले एकजना अनधिकृत खेलाडी समावेश गरेको पाइएपछि दुई दिनसम्म प्रतियोगिता रोकिएको थियो । एथलेटिक्सअन्तर्गत सटपुटतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी अनधिकृत भएको खुलासा भएपछि प्रतियोगिता रोकिएको थियो । 

दिप्रुङ चुइचुम्माका छात्र खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हलेसी तुवाचुङका अनधिकृत खेलाडीको पदक खोसेर बाँकी खेल सञ्चालन गर्न प्रदेश खेलकुद विकास बोर्डले निर्देशन दिएपछि अवरुद्ध खेल पुनः सञ्चालन भएको थियो। प्रतियोगितामा अनधिकृत खेलाडी सहभागी गराएको पाएपछि असन्तुष्ट बनेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने कानुनी कारबाहीको प्रक्रिया अपनाउने बताउँदै आएको छ।