
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
आचार्य नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका सल्लाहकार तथा पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । आचार्यलाई प्रधानमन्त्रीको प्रेस डिभिजनमा यसअघि नियुक्त भइसकेका सूर्यकिरण शर्मा, मनहर तिमिल्सिना र गोकर्ण भट्टले साथ दिनेछन् ।
आचार्यले यसअघि पनि प्रधानमन्त्रीको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।