१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

संकटालाई पन्छाउँदै मच्छिन्द्रले निकाल्यो दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:१६:oo

किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगर र विदेशी खेलाडी आफिज ओलावालेले एक-एक गोल गरे । संकटाका लागि मनीष डाँगीले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । 

मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षकविहीन भएको मच्छिन्द्रले आजै किशोरकुमारलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । 

प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रका लागि विमलले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दुई मिनेटपछि नै मनीषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछिको पहिलो हाफ बराबरीमा सकियो । 

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको मच्छिन्द्रले ४६औँ मिनेटमा ओलावालेको गोलमार्फत पुनः अग्रता लियो । भुटानी रोनाल्डो भनिने चेन्चो ग्याल्सेनसहित मैदानमा उत्रिएको मच्छिन्द्रले बाँकी समयमा केही अवसर बनाए पनि थप गोल गर्न सकेन । 

संकटाले पनि केही अवसर खेर फाल्दा महत्वपूर्ण खेलमा अंक गुमाउन पुग्यो । 

जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ । संकटा भने ९ अंक जोडेर आठौँ स्थानमा छ ।

ad
ad