१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Sunday, 11 May, 2025
समाचार डिजिटल संस्करण

नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार १७:३o:oo

झुटा विवरण पेस गरी नेपाली नागरिकता लिने थप एक तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बौद्ध टुसालस्थित शरणार्थी क्याम्पमा बस्दै आएकी २७ वर्षीया निमा ल्हामो गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । यस घटनामा यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसहित पाँचजनालाई पक्राउ गरिसकेको छ । 

कर्मचारीको मिलेमतोमा प्रशासनबाट करिब पाँच सय तिब्बतीलाई नागरिकता दिइएको प्रहरी आकलन छ । नागरिकता फाँटका नासु देवीराज गौतमले यसरी मिलेमतोमा नागरिकता दिलाएका थिए । गौतम पक्राउ परिसकेका छन् ।