१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo

नेपाल प्रहरीका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवालाई हराए । महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङमाथि जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरेका हुन् । सोही तौलसमूहमा एपिएफका सोनाम सार्कीले कोसी प्रदेशका बलबहादुर पुनलाई निराश पारे । बागमती प्रदेशका सागर दर्जीले मधेस प्रदेशका प्रज्वल मगरलाई हराउँदै सेमिफाइनलमा पुगे ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समीर थापालाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे । बागमतीका सुलभ मालीले मधेस प्रदेशका आयुषसिंह भण्डारीलाई हराए । सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महसुस बस्नेतलाई पाखा लगाए । कोसीका सुरेन्द्र राईले एपिएफका पुरन राईलाई पाखा लगाउँदै अन्तिम चारको स्थान सुरक्षित गरे ।

 गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेसका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित निकाली सेमिफाइनलमा स्थान बनाए । पुरुष ७१ केजीमा बागमतीका दावाछिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छाउँदै अन्तिम चारमा पुगेका छन् । प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपिएफकी नाङजा बुढामगरलाई हराएकी छिन् । कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी शारदा न्यौपानेलाई पाखा लगाइन् ।

मधेसकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरे । महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपिएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउँदै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा एपिएफकी सर्मिला तामाङले कर्णालीकी सुशीला थापामाथि जित निकालिन् । प्रहरीकी निशा तामाङले कोसीकी नारिका राईमाथि सहज जित हात पारिन् । बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगेकी छिन् । 

ad
ad