१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

बागलुङमा ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo

बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका– ११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो।

बडिगाड गाउँपालिका– २ खर्बाङ बजारबाट गलकोट नगरपालिका– ३ हटियाबजार आउँदै गरेको ध.१त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। 

ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिँजालीको घरमाथि खसेको थियो। घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताए।  

ट्र्याक्टरचालक गलकोट नगरपालिका– ९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टरले पार्किङ गरी राखिएको लु.६३प ९०९ नम्बरको स्कुटर च्याप्दा पूर्ण रूपमा क्षति भएको छ।

ad
ad